सुनसरीमा लागु–औषध सहित दुई युवक पक्राउ

<span class='c1'>सुनसरीमा लागु–औषध सहित दुई</span> <span class='c2'> युवक पक्राउ</span>

सुनसरी, १८ असोज । सुनसरीको ईटहरी उप–महानगरपालिका–२ आँपगाछिबाट प्रहरीले बिहीबार दिउँसो लागु–औषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हलगडाबाट खटिएको टोलीले लागु–औषध सहित धरान १० बस्ने वर्ष १९ को नाछु शेर्पा र धरान–८ बस्ने वर्ष १७ को समिर लिम्बुलाई पक्राउ गरेको हो । दिउँसो काँकडभिट्टाबाट धरान जाँदै गरेको ना २ ख ८४३६ नम्बरको बसमा चेकचाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई शंका लागि चेकचाँच गर्दा ट्रामाडोल ५ सय २० पिस र स्पास्मोप्रोक्सिभन ट्याबलेट १ हजार १० पिस फेला परेको प्रहरीले जनाएको छ ।
बरामद लागु–औषध सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्