“पिपिएलमा विराटनगर टाइटन्सले राम्रो प्रदर्शन गर्ने बिश्वास छ” – पारस लुनिया

<span class='c1'>“पिपिएलमा विराटनगर टाइटन्सले राम्रो प्रदर्शन गर्ने</span> <span class='c2'>बिश्वास छ” – पारस लुनिया</span>

बिराटनगर असोज १९,

पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग खेल्ने ६ टिमको नाम सार्वजनिक भएको छ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीवार नेपालको ६ सहरको नामबाट फ्रेन्चाइज टिम, त्यसको मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो।

प्रतियोगिताको ६ टिममा विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौँ रोएल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र धनगढी ब्लुज रहेका छन् ।

युवा स्टार सन्दीप लामिछाने पहिलो पटक विराटनगरको मार्की प्लेअरका रुपमा अनुबन्ध भएका छन् । युवा व्यवसायी तथा पुर्व क्रिकेटर पारस लुनियाले यस पटक पनि पिपिएलमा विराटनगर टाइटन्स टिम किनेका छन् ।

उनले नेपालमा आयोजना हुने अन्य २ क्रिकेट लिगमा पनि बिराटनगर सहरलाई नाम राखेर टिम किनेका थिए ।अन्य लिगमा बिराटनगरको टिमले राम्रो प्रदर्शन गर्न सफल रहेकोमा यस पटक पनि पिपिएलमा विराटनगर टाइटन्सले राम्रो प्रदर्शन गर्ने बिश्वास रहेको टिम मालिक पारस लुनियाले आवर बिराटनगरलाई बताए ।

क्रिकेटको बिकास गर्न आफु सधै नेपाली क्रिकेटसंग रहने पनि लुनियाले प्रतिबद्धता प्रकट गरे ।

यस्तो छ टिम र खेलाडीको रेट :

विराटनगर टाइटन्स :

प्रदीप ऐरी : २ लाख ४० हजार

राजेश पुलामी : १ लाख ५० हजार

शाहब आलम : १ लाख ५० हजार

दिपेश श्रेष्ठ : ९० हजार

किशोर महतो : ९० हजार

राजु रिजाल : ८५ हजार

जितेन्द्र मुखिया : ७५ हजार

पुष्प थापा : ५० हजार

जितेन्द्र एस ठकुरी : ७० हजार

सुनिल धमला : २ लाख २० हजार

रवीन जोशी : ३० हजार

हिमांशु दत्त : ५० हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्