भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २ सय ७२ रनको कीर्तिमानी विजय हासिल

<span class='c1'>भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २</span> <span class='c2'>सय ७२ रनको कीर्तिमानी विजय हासिल</span>

एजेन्सी । बायाँ हाते स्पिनर कुलदीप यादवको पाँच विकेट लिएपछि राजकोटमा सम्पन्न पहिलो टेस्टको तेस्रो दिन नै भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २ सय ७२ रनको कीर्तिमानी विजय हासिल गरेको छ ।

भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा १ सय ८१ रन बनाएपछि फलो अनमा परेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ६४९ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा वेष्ट इन्डिज ४ सय ६८ रनले पछि परेको हो । 

कुलदीप यादवले ५७ रन दिएर ५ विकेट लिएपछि भ्रमणकारी टोलीले ५०.५ ओभरमा १ सय ९६ रन बनाउँदा सबै विकेट गुमाएपछि एक इनिङ र २ सय ७२ रनको विजय हासिल गर्‍यो । जुन यसअघिको कीर्तिमानभन्दा १० रनले बढी हो । यसअघि भारतको सबैभन्दा फराकिलो जित अफगानिस्तानविरुद्ध थियो । गत जुनमा बेङलोरमा भएको टेस्टमा विराट कोहलीको टोलीले एक इनिङ र २ सय ६२ रनको विजय हासिल गरेको थियो । भारतले सात वटा टेस्टमा १० विकेटको जित निकालेको छ ।

दोस्रो दिनको अन्ति सेसनमा शीर्ष क्रमका ब्याट्सम्यान गुमाएपछि वेस्ट इन्डिजले ९६–६ को अवस्थाबाट तेस्रो दिनेको शुरुआत  गरेको थियो । रोस्टोन चेज २७ र कीमो पाउल १३ रनको अवस्थामा थिए । तर रविचन्द्र आश्विनले ३७ रन दिएर ४ विकेट लिएपछि वेस्ट इन्डिज फलो अनमा परेको हो ।

दोस्रो इनिङ शुरु गरेको भ्रमणकारी टोलीका ओपनर क्रिग ब्रेथह्वाइट(१०)लाई लन्चअघि आश्विनले पवेलियनको बाटो देखाएका थिए । तर अर्का ओपनर किरण पोवेलले ९३ बलमा ८ चौका र ४ छक्का हान्दै ८३ रन बनाए । कुलदीपले पोवेलसहित वेस्ट इन्डिजको मध्यक्रम ध्वस्त बनाउने क्रममा ५ विकेट लिएपछि भारत फराकिलो जितन्मुख भएको थियो । यसँगै टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पाँच विकेट लिने सातौं बलर बनेका छन्  । यसअघि भारतकै भुवनेश्वर कुमार, न्युजिल्यान्डका टिम साउथी, श्रीलंकाका लसिथ मालिंगा र अजन्था मेन्डिस, पाकस्तिानका उमर तथा दक्षिण अफ्रिका इमरान ताहिरले तीनै स्वरुपमा पाँच विकेट लिएका थिए ।

रविन्द्र जडेजाले तल्लोक्रमका ब्याट्सम्यानलाई आउट गर्नेक्रममा ३५ रन दिएर ३ विकेट लिए । त्यसअघि भारतका युवा ब्याट्सम्यान पृथ्वी शाले १ सय ३४, कप्तान कोहलीले १ सय ३९, रिसव पन्तले ९२ रन बनाएका थिए भने जडेजा १ सय रनमा अविजित थिए । दुई देशबीचको दोस्रो तथा अन्तिम टेस्ट हैदरावादमा अक्टोबर १२ बाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्