उदयपुरमा जनता आवास कार्यक्रम मार्फत् निर्माणाधीन घर अलपत्र परे

<span class='c1'>उदयपुरमा जनता आवास कार्यक्रम मार्फत्</span> <span class='c2'>निर्माणाधीन घर अलपत्र परे</span>

उदयपुर असोज २२  । उदयपुरमा जनता आवास कार्यक्रममार्फत् निर्माणाधीन घर अलपत्र परेका छन् ।

घर निर्माण सुरु भएको एक वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।

दलित तथा अति विपन्न परिवारका लागि सरकारले निर्माण गरिदिएका अधिकांश घरमा छाना हालिएको छैन ।

घरको छानामा प्लास्टिक हालेर कष्टका साथ वर्षा बिताएका स्थानीयवासीले आगामी चाडपर्व पनि यस्तै भवनमा विताउनुपर्ने भएको छ ।

पुरानो घर भत्काएर त्यही घडेरीमा नयाँ घर निर्माण गर्न थालिए पनि समयमा नसकिँदा उनीहरुलाई सास्ती हुँदै आएको छ ।

कतिपय घर निर्माण पुरा नहुँदै चर्किन थालेका छन् । गुणस्तरहीन सामग्रीको प्रयोगका कारण घरहरु चर्किएको बताइएको छ ।

आर्थिक वर्ष २०७४/७५ का लागि उदयपुरमा एक हजार घरमध्ये ५ सय निर्माणको चरणमा छन् । बाँकी ५ सयको सर्वे सम्पन्न भएको छ ।

कर्मचारीको सरुवा र जिल्ला आवास निर्माण समिति बन्न नसकेका कारण जनता आवास कार्यक्रम नै प्रभावित भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर ब्रहमदेव चौधरीले बताए ।

उदयपुरका ८ वटै स्थानीय तहमा सञ्चालित जनता आवास कार्यक्रमका १ घरका लागि ३ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्