तेह्रथुममा यस्तो योजना : बसाई सरेर आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिइने

<span class='c1'>तेह्रथुममा यस्तो योजना : बसाई सरेर</span> <span class='c2'>आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिइने</span>

तेह्रथुम, असोज २६ । तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाई सरेर आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने भएकोे छ । गाउँपालिका क्षेत्रमा बसाइ सरेर आउनेहरुलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो ।

सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको हो । पूर्वाधार निर्माण, स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायतका योजनाका माध्यमले बसाइसराई रोक्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

गाउँपालिकाको यो नीतिले आगामी पाँच वर्षभित्र व्यावसायिक जनसंख्या दोब्बरले वृद्धि हुने अनुमान गरिएको छ । गाउँपालिकाले आगामी चार वर्षभित्र २५ हजार जनसंख्या पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्