ग्याङ् फाइट गर्ने राजविराजका प्रेमको बिराटनगरमा मृत्यु

<span class='c1'>ग्याङ् फाइट गर्ने राजविराजका</span> <span class='c2'>प्रेमको बिराटनगरमा मृत्यु</span>

राजविराज असोज २६ - राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो । सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए ।

मृतकका पारिवारिक स्रोतका अनुसार १२÷१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा परी उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो ।
प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन ब्यक्तिको तीब्ररुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले आज दिउँसो राजविराजमा प्रदर्शन गरेका छन् ।

प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए। प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्