सप्तरीको घटना : २० वर्ष अघि हत्या , २० वर्ष पछी हत्यारा पक्राउ परे

<span class='c1'>सप्तरीको घटना : २० वर्ष अघि हत्या</span> <span class='c2'>, २० वर्ष पछी हत्यारा पक्राउ परे</span>

सप्तरी  असोज २७ । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् ।

खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ । मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०५६ वैशाख ३० गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेकी थिइन् ।

मृतक जदु र आरोपित पञ्चुका श्रीमतीबीच भएको विवादपछि उनीहरुबीच भएको झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा जदुको मृत्यु भएको मृतककी श्रीमतीले बताएकी छिन् । आरोपितले भने जदुले आफूमाथि प्रहार गर्न खोज्दा उनले नै बोकेर ल्याएको फलामको कलको हेडले लागेर मृत्यु भएको बताएका छन् ।

(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्