झापामा बिजुलीको तारबाट अचानक करेण्ट लागेर एक जनाको मृत्यु 

<span class='c1'>झापामा बिजुलीको तारबाट अचानक करेण्ट लागेर</span> <span class='c2'>एक जनाको   मृत्यु </span>

झापा, आश्चिन ३१ गते ।

झापाको गौरीगंज गाउँपालिका- ६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।

दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ८ को सागर यादवको घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर मृत्यु भएको थियो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरीको टोली खटि गइ कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्