झापामा दशैँको टिका लगाउन हिडेका ५ जना कुकुरले टोकेर घाइते

<span class='c1'>झापामा दशैँको टिका लगाउन हिडेका</span> <span class='c2'>५ जना कुकुरले टोकेर घाइते</span>

भद्रपुर, ४ कात्तिक । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् ।

 

दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ । सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले जानकारी दिए ।

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताए ।

अरु घाइते स्थानीय निजी स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । स्थानीयवासी टेकबहादुर देवानका अनुसार रेविज लागेको आशङ्का गरिएका दुई छाडा केही दिनयता मेचीनगर–१ बाहुनडाँगीमा मानिस र पशुलाई टोक्दै आएका छन् ।

मानिस र घरपालुवा पशुलाई टोकेर भाग्ने गरेका ती कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिन सकेका छैनन् । स्थानीयवासीले गाउँमा छाडा कुकुरको सङ्ख्या बढेको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्