विराटनगर, ९ बैशाख ९ ÷ विद्यार्थीहरुको आन्तरिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को क्याम्पस ईकाई कमिटिको आयोजनामा बैसाख २३ गते देखि क्याम्पसको खेलमैदानमा सुरु हुने जनाएको छ ।
प्रतियोगिताको छात्र तर्फ क्रिकेट, छात्रा तर्फ टेबल टेनिस ,म्युजिकल चेयर तथा पहिचान सहितको संघियता आजको आवश्यकता भन्ने विषयमा वत्तित्वकला हुने क्याम्पस ईकाई कमिटिका उपाध्यक्ष जिसस न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विहान ८ बजे देखि सुरु हुने सो खेलकुदको उद्घाटन केन्द्रिय स्तरका एमाओवादीका विद्यार्थी नेताहरुले गर्ने जनाएको छ ।