साफ यू–१५ च्याम्पियनसिप: आज नेपाल माल्दिभ्ससँग खेल्दै

<span class='c1'>साफ यू–१५ च्याम्पियनसिप: आज</span> <span class='c2'>नेपाल माल्दिभ्ससँग खेल्दै</span>

काठमाडौं कार्तिक ८ - साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमै हुनेछन्।

नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए। 'तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन्,' उनले भने, 'यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ।'

आजै हुने पहिलो खेलमा सोही मैदानमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन्। श्रीलङ्काले प्रतियोगितामा सहभागी छैन।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ। सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो।

प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो। यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो।

प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ। प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बंगलादेशसँग शनिबार खेल्नेछ।

नेपाली टोलीमा कोको?
गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्