कोशी अञ्चलको चालक अनुमतिपत्र कार्यालयमा अनलाइन सेवा प्रयोग

<span class='c1'>कोशी अञ्चलको चालक अनुमतिपत्र</span> <span class='c2'>कार्यालयमा अनलाइन सेवा प्रयोग</span>

इटहरी, कात्तिक ८ गते । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।

दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गरिएको र यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो । अनलाइन सेवामार्फत चालक अनुमतिपत्रका लागि आवेदन गर्ने सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने मिति थाहा पाउन सक्छन् । अनलाइन सेवामार्फत सेवाग्राहीले चाँडो र सहजरुपमा सेवा पाउने अवस्था तयार भएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि सेवाग्राहीले कहिले फर्म भर्ने भन्ने जानकारी नै नपाउने अवस्था थियो ।

यो प्रविधि प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले भरपर्दो सेवाका रुपमा अनलाइन सेवालाई लिएको सोही कार्यालयका अर्का कर्मचारी डिल्ली नेपालले बताउनुभयो । फेसबुकमार्फत परीक्षा एवं प्रयोगात्मक परीक्षासमेत सेवाग्राहीले जानकारी पाउने व्यवस्था मिलाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्