२१ बोरा बिष्फोटक पदार्थ पटका सहित तीन भारतीय पक्राउ

<span class='c1'>२१ बोरा बिष्फोटक पदार्थ पटका</span> <span class='c2'>सहित तीन भारतीय पक्राउ</span>

धरान, ९ कात्तिक । सुनसरीको धरानबाट प्रहरीले बिहीबार ठूलो परिमाणकाे पटका सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-१०  धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर बस्दै आएका भारतको पूर्णिया बस्ने बर्ष २५ को पाण्डव दास, अररिया फुलकाहा बस्ने बर्ष ३५ को अरबिन देव र महपुर बस्ने बर्ष ३५ को दिलिप दासलाई पक्राउ गरेकाे हो ।बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले उनीहरुको कोठामा खानतलासी गर्ने क्रममा भण्डारण गरी लुकाई राखेको अवस्थामा बिभिन्न किसिमका २१ बोरा बिष्फोटक पदार्थ फेला पारी बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्