ओखलढुंगामा शिक्षिकाबाट कुटिएका अध्यक्षलाई क्षतिपूर्ती ! यस्तो थियो काण्ड

<span class='c1'>ओखलढुंगामा शिक्षिकाबाट कुटिएका अध्यक्षलाई क्षतिपूर्ती</span> <span class='c2'>! यस्तो थियो काण्ड</span>

ओखलढुंगा, ९कात्तिक ।   विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३  कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको हो । शारीरिक रुपले अपांगता रहेका खड्का शिक्षिकाको कुटाईबाट घाईते भएका थिए । विहीबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शिक्षिकाले उपचार खर्च बापतको बिलभरपाई तिर्नुपर्ने सहमती भएको जनाईएको छ । शिक्षिकाले क्षतिपूर्ती बापत् ४ हजार २ सय रुपैया दिने सहमति भएको पीडित खड्काले बताए । साथैविद्यालयका प्रधानाध्यापकलाई पदबाट राजीनामा गराउन प्रकृया अगाडि बढाउने समेतको सहमती भएको छ ।

यस्तो थियो काण्ड:

शिक्षिका खड्काले विद्यालयमा पर्व विदा लगायतका विषयमा निर्णय गर्न बैठक बोलाउन माग गर्दा विद्यालयका प्रधानाध्यापक शिव दाहालले विद्यालयमा सहायक प्रधानाध्यापक भए पनि कट्वाललाई निमित्त दिएर हिडेपछि विवाद सुरु भएको थियो । प्रअ दाहाल हिडेपछि निमित्त पाएकी कट्वालले समेत बैठकको निर्णय पुस्तिका नदिदा विवाद भएपछि १५ दिन पहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्कामाथि कुटपिट गरेका थिए ।

घटनापछि दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी गरेपछि छलफल हुँदा समेत सहमति भएन । प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको उपस्थितिमा भएको छलफलमा भने शिक्षिकाले उपचार खर्च व्यहोर्ने, हालको प्रअ हटाएर नयाँ प्रअ चयन गर्ने बिषयमा सहमति भएको छ । दुवै पक्ष छलफल पछि सहमत भएको प्रजिअ न्यौपानेले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्