तिहारमा विशेष उपहार : हिरा व्यापारीले दिए ६ सय कर्मचारीलाई कार

तिहारमा विशेष उपहार : हिरा व्यापारीले दिए ६ सय कर्मचारीलाई कार

एजेन्सी, १० कात्तिक । हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका छन् । हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका छन् । गुजरातको सुरतमा एक कार्यक्रमका बीच उनले कर्मचारीलाई उपहार बाँडेका हुन् ।

त्यस्तै उनको कम्पनीमा कार्यरत चार जना कर्मचारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट नयाँ दिल्लीमा कार पाएका थिए । प्रधानमन्त्री मोदीले कम्पनीका ५ हजार कर्मचारीलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधनसमेत गरेका थिए । ढोलकियाले सन् २०११ देखि नै आफ्ना कर्मचारीलाई तिहारका अवसरमा विशेष उपहार दिँदे आएका छन् ।

ढोलकियाले पछिल्लो महिनामात्रै २५ वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई मर्सिडिज बेन् कार उपहार दिएका थिए । एक करोड मूल्य बराबरका  कारको चाबी गुजरातकी पूर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलको हातबाट दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्