सप्तरीमा खानेपानीको समस्या , अशुद्ध पानी पिउन बाध्य जनता

<span class='c1'>सप्तरीमा खानेपानीको समस्या , अशुद्ध</span> <span class='c2'>पानी पिउन बाध्य जनता</span>

राजविराज, कात्तिक ११। सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ ।

सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गर्नुभयो ।

खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन् । जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन् ।

यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताउनुभयो ।
पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्