मोरङको ग्रामथानमा मारुतीले मोटरसाइकललाई ठक्कर दियो

<span class='c1'>मोरङको ग्रामथानमा मारुतीले</span> <span class='c2'>मोटरसाइकललाई ठक्कर दियो</span>

मोरङ, कार्तिक ११ गते ।

मोरङको ग्रामथान गाउँपालिका-५ स्थित मसाल चौकमा आइतबार दिउँसो मारुतीको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् । बिराटनगर-विराटचौक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को. १ च. ४५०६ नम्बरको मारुती भेनले बाटो काट्दै गरेको अवस्थामा को. ५ प. ६६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक सोही गाउँपालिका-७ बस्ने वर्ष २४ को मनोज चौधरी घाइते भइ उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको छ । मारुती र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्