उदयपुरमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

<span class='c1'>उदयपुरमा माटोको ढिस्कोले पुरिएर</span> <span class='c2'> युवतीको मृत्यु</span>

उदयपुर, १२ कात्तिक । उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो । सँगै माटो खन्न गएका सम्झनाका बुवा तिलक चौधरी सामान्य घाइते भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक गजमेरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्