इटहरी क्रिकेट एकेडेमी पराजित, प्रदेश २ लाई इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि

<span class='c1'>इटहरी क्रिकेट एकेडेमी पराजित,   प्रदेश २</span> <span class='c2'>लाई  इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि</span>

सुनसरी, १२ कात्तिक । आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश २ ले तेस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले उपाधिसहित नगद एक लाख ११ हजार रुपैयाँ हात पारेको हो। यस्तै, उपबिजेतामा सीमित भएको इटहरीले नगद ५५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ।  इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०१ रनको योगफल खडा गरेको थियो। प्रदेश २ का लागि सोनु अन्सारीले सर्वाधिक ६० रन बनाउँदा रवि शाहले ५९ रन बनाए। यस्तै, अमित यादवले २८, विकास दासले १९, विवेक यादवले १३ र तीर्थराज दासले १० रन बनाए। बलिङतर्फ इटहरीका विकल्प आचार्यले २ विकेट हात पार्दा निशान महत, भूपाल लुइँटेल र राज थापाले एक/एक विकेट लिए। २०२ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमध्ये १६.२ ओभर खेल्दै सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। यसअघि लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीका लागि सुभाष यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन्। बलिङतर्फ प्रदेश २ का निखिल सिंहले ४ विकेट हात पार्दा गोमानन्द यादव र अदिल खानले २/२ विकेट लिए।

फाइनल खेलको म्यान अफ द म्याच प्रदेश २ का निखिल सिंह घोषित हुँदै नगद २ हजार रुपैयाँ र ट्रफी पाए। प्रतियोगिताका उत्कृष्ट खेलाडी प्रदेश २ का रवि शाह घोषित हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी पाए। यस्तै, प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याट्सम्यान इटहरीका गौतम शर्मा घोषित हुँदै नगद ५/५ हजार रुपैयाँ र ट्रफी पाए। विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले पुरस्कार वितरण गरे। कार्तिक ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालका प्रमुख टिमहरू काठमाडाैं, विराटनगर, भैरहवा, इटहरी, धनगढी र प्रदेश २ गरी ६ टिमको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्