भरुवा बन्दुक सहित खोटाङमा एक जना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित खोटाङमा</span> <span class='c2'>एक जना पक्राउ</span>

खोटाङ, २५ कात्तिक । खोटाङको दिप्रुङ- चुईचुम्मा-४ बाट प्रहरीले  भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक सहित पक्राउ पर्नेमा  साेही ठाउँमा मामाघरमा बस्दै आएका २७ बर्षीय शुभराज राई रहेका छन् । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी भडारेघाटबाट खटिएको प्रहरी टोलीले राईको कोठामा खानतलासी लिने क्रममा लोड गरेर राखेको अवस्थामा १ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने सिसा, फलामको टुक्रा र सलाईको बट्टा बरामद गरेको हो । बरामद बन्दुक सहित राईलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्