होम स्टेले फेरिँदै नाम्जे गाउँ, मगर बस्ती दिनानुदिन नमूना बन्दै

<span class='c1'>होम स्टेले फेरिँदै नाम्जे गाउँ,</span> <span class='c2'>मगर बस्ती दिनानुदिन नमूना बन्दै</span>

भेडेटार, २८ कात्तिक । बारीको बीचमा घुम्न आउनेका लागि बास बस्न बनाइएको बाँसको टाँटीमाथि माटोले लिपेको खरको घर । छिनमै धुम्म कुहिरो लागेर अँध्यारो हुने, छिनमै घामको उज्यालो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको धनकुटाको सागुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटारस्थित नाम्जे थुम्कीको मगर बस्ती । अहिले होम स्टेबाट परिचित छ ।

नाम्जेको संस्कार, संस्कृति, परम्परागत शैली गाउँले जीवनमा कुनै परिवर्तन आएको छैन । तर, त्यही अवस्था उनीहरूको मुख्य आयस्रोत बनेको छ । पर्यटन प्रवद्र्धनका लागि होम स्टे अभियान सञ्चालन भएपछि गाउँले जीवन अनुभव गर्न आउनेका लागि आकर्षण बनेको छ नाम्जे । दैनिक नाम्जेको होम स्टे घुम्न र बस्न सयौंको सङ्ख्यामा आन्तरिक तथा बा≈य पर्यटक आउने गरेका छन् । अग्र्यानिक खाना, गाउँले परिवेशको रहनसहन, सांस्कृतिक नृत्यले उनीहरूको आर्थिक अवस्थासमेत बलियो बनाउँदै छ ।

पुख्र्यौली थलो नाम्जेको मगर बस्ती अहिले दिनानुदिन नमूना बन्दै गएको छ । विगत ६ वर्ष अघिसम्म खेती गरेर पनि घर खर्च धान्न साहुकै ऋण लिनुपर्ने बाध्यतामा रहेका मगरहरू अहिले आफै सक्षम बनेका छन् । होम स्टेले उनीहरूको आम्दानी पनि वृद्धि हुने गरेको छ । होम स्टे सञ्चालक मोतिमाया मगरका अनुसार भाडाबाट मासिक ८ हजार रुपैयाँ आम्दानी हुन्छ । त्यसमा पर्यटकले खाना खाने, रमाइलो गर्नेको हिसाब अलग्गै फाइदा हुन्छ ।यहाँका ३० घरधुरी मिलेर पञ्चकन्या कृषक समूह बनाएका छन् । स्वागत सत्कार गर्नुपर्‍यो, कतै श्रमदान गर्नुप¥यो भने यो समूह एकजूट भएर लागिपर्छ । तीमध्ये १९ घर होम स्टेमा दर्ता भए पनि अहिले १३ घरधुरीले मात्र होम स्टे सञ्चालन गरेका छन् । अब ३० घरमा नै होम स्टे चलाउने तयारी व्यवस्थापन समितिले गरिरहेको छ । एउटा घरमा बसेका पाहुनाले कम्तीमा ४ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च गर्छन् । एउटा घरले महीनामा कम्तीमा पनि ५० हजारको कारोबार गरेका हुन्छन् । बढीमा ८० जना राख्ने क्षमता भएको होम स्टेमा शुक्रवार डेढ सयसम्म पाहुना बास बस्न आइपुग्छन् । एक साता अघिदेखि नै होम स्टे बुक गर्नुपर्छ । सरकारी उच्च अधिकारी पनि नाम्जेमा पटकपटक पुगेका छन् ।
एउटा घरमा ५ देखि १० जनासम्मलाई राख्न सकिने व्यवस्था मिलाइएको होम स्टे शुल्कका दृष्टिकोणबाट पनि सुलभ रहेको अध्यक्ष रानाले बताए । उनका अनुसार एउटा बेडको मूल्य १ सय ५० रुपैयाँ लिने गरिएको छ । पारिवारिक वातावरणमा बस्ने पाहुनाले सादा खानाको ९० रुपैयाँ, बङ्गुरको मासुसँग १ सय ५० र लोकल कुखुराको मासुसँग २ सय ५० रुपैयाँमात्रै तिरेपुग्छ । होम स्टेमा पिउनेका लागि कोदोको शुद्ध रक्सी र तोम्बा पनि रहेको छ

होम स्टे सञ्चालनमा आएपछि यहाँका बेरोजगार युवा पनि व्यस्त हुन थालेका छन् । अहिले यहाँका स्थानीयवासीलाई भ्याइनभ्याइ हुने गरेको होम स्टे सञ्चालन समितिका सदस्यसमेत रहेकी होम स्टे सञ्चालिका मोतिमाया मगरले बताइन् । होटलभन्दा सस्तो र पारिवारिक वातावरण हुने भएकाले होम स्टेमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ ।

पूर्वको पर्यटकीय स्थलका रूपमा परिचित भेडेटार बजारसम्म पुग्ने पर्यटक क्रमशः भेडेटारकै नाम्जेसम्म पुग्न थालेपछि त्यस क्षेत्रको महत्त्व झन् चुलिँदै गएको हो । प्रचार प्रसार हुँदै गए पछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको होम स्टे व्यवस्थापन समिति अध्यक्ष अनिल रानाको भनाइ छ । अभियान दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्