रणवीर–दीपिका बिहेः ‘नो गिफ्ट बट डोनेसन’ (निमन्त्रणा पत्रसहित)

<span class='c1'>रणवीर–दीपिका बिहेः ‘नो गिफ्ट</span> <span class='c2'>बट डोनेसन’ (निमन्त्रणा पत्रसहित)</span>

काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् ।  उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्रान्ड रिसेप्सन दिँदैछन् । रिसेप्सनको कार्ड भने अहिले सोसल मिडियामा भाइरल भएको छ । मुम्बईमा हुन लागेको ग्रान्ड रिसेप्सनको यो कार्ड एक खास कारणले चर्चामा छ ।

कार्डमा स्पष्ट पढ्न सकिन्छ कि रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट (उपहार) लिएर नआउन आग्रह गरिएको छ । तर गिफ्टको सट्टा ‘डोनेट’ गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिकाले ‘लिभ लभ लाफ’ फाउन्डेसन चलाउँछिन् । निकै कम ब्यक्तिलाई रिसेप्सनमा बोलाइएकामा ‘नो गिफ्ट बट डोनेट’ नीतिलाई भने अनौठो नै मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्