ठूलो रकम सहित सुनसरीबाट १० जुवाडे पक्राउ

<span class='c1'>ठूलो रकम सहित सुनसरीबाट</span> <span class='c2'>१० जुवाडे पक्राउ</span>

सुनसरी, २८ कात्तिक । सुनसरीको धरान उप-महानगरपालिका-८ सिदार्थ मार्गबाट प्रहरीले  ठूलो रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी घुस्की-८ घर भई हाल धरान-९ बस्ने बर्ष ३९ को उमेश सोमी, धरान-२० बस्ने बर्ष २५ को राजु खड्का, धरान-११ बस्ने बर्ष ३१ को तुलाराम राई,  बर्ष ३६ को रवी कुमार राई, ईटहरी-४ बस्ने बर्ष ३७ को गुणराज राई, धरान-१७ बस्ने बर्ष ३५ को संजय  राई, ईटहरी-२० बस्ने बर्ष २६ को मिलन राना साम्पाङ राई रहेका छन् । त्यस्तै धरान-१८ बस्ने बर्ष ४० को मिलन गुरुङ र धरान-१५ बस्ने बर्ष २७ को सञ्जु राईलाई पक्राउ गरेको हो । प्रहरीले उक्त खालबाट ३ बुङ तास सहित नगद ४ लाख ८ हजार ५ सय रुपैयाँ बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।  पक्राउ परेका १० जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्