काठमाडाैँ, ३० कात्तिक । सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्दैछन् । टिम प्रमोदको तर्फबाट यस साता ब्लाइण्ड राउण्डमा 'नचाहेको होइन तिमीलाई' भन्दै सम्पुर्ण कोचहरुको मनमा आफनो टिममा ल्याउने चाहना बनाउन सफल काठमाडौँका आशिष गुबाजु, 'मलाई छुने मेरो हुने अधिकार तिमीलाई मात्रै छ' भन्ने प्रस्तुतिका साथ कोचहरुको मनमा अधिकार जमाउन सफल धरानका सुरज तामाङ्ग र बिराटनगरका सिर्जय थपलियाको सुरिलो स्वर गुञ्जिने छन् भने टिम सनुपबाट 'अलि अलि भए पनि माया देऊ' भन्दै सम्पुर्ण कोचको माया पाउन सफल धनगढिकी शैलु, देश बाहिर भए पनि नेपाली भाषा,सस्कृतिलाई माया गर्ने सिलगडीकी सनिध्या थापा र भ्वाइस अफ नेपालको मञ्चमा पहिलो पटक 'हेर्दा राम्रो माछापुच्छ्रे' भन्दै कोचहरुको मनमा राम्रो स्थान बनाउन सफल सन्तोष राना मञ्चमा आफनो दमदार प्रस्तुति लिएर आउदै छन । द भ्वाईसका यि सबै ट्यालेन्टका फेहरिस्त हेर्दा फरक फरक गायन अनि सांगितिक स्वाद यस साताको शनिबार हामीले हेर्न पाउने पक्का छ । द भ्वाइस जहाँ आवाजको खोजि गरिँदैछ, नेपालले चुनेको आवाज । शो को समापन संगै आफ्नो मानपर्ने ट्यालेन्ट छान्ने अभिभारा दर्शकहरुको हातमा दिइनेछ, भोटिङ्ग मार्फत हामीले आफ्नो मनपर्ने आवाजलाई मञ्चमा टिकाइ रहनका लागि भोट गर्न सक्नेछौं । ए साँच्चै अनि तपाईले द भ्वाइस अफ नेपाल मोबाइल एप्स डाउनलोड गर्नुभयो त? आफ्नो मनपर्ने ट्यालेन्टलाई अनलाइन भोट गर्न अनि द भ्वाइसका कार्यक्रम र गतिविधीसंग थप नजिक हुन यस एप्स डाउनलोड गर्नुहोला है ।
यस साता भनें कोच सनुप र कोच प्रमोद दुवै टिमको अनुभव सँगालेका आशिष गुबाजुको प्रस्तुतिलाईे कार्यक्रममा निकै महत्वपुर्ण रुपमा लिइएको छ । ब्याटल राउडमा टिम प्रमोदले उनलाई स्टेल गरेका थिए । उता टि अभयाबाट टिम सनुपमा आएकी शैलु आरएल सिंहको प्रस्तुति पनि उत्तिकै चाखका साथ प्रतिक्षा गरिएको छ ।
भ्वाइस अफ नेपाल चुन्ने यो महाअभियानमा अव कोचको साथसाथै सम्पुर्ण संगितलाई माया गर्नेहरुको पनि उत्तिकै भुमिका रहने छ । प्रत्येक टिमबाट तिनजना प्रतियोगी मध्येबाट उत्कृष्ट एक-एक जना छान्ने जिम्मेवारी कोचहरुमा रहने छ र बाँकी प्रतिस्पर्धीको यस सांगितिक यात्रा तय गर्न भोटको महत्वपुर्ण भुमिका रहने छ । त्यसकारण यो एउटा नेपालको स्वर छान्ने अभियानमा आफनो मनपर्ने स्वरलाई एस.एम.एस तथा अनलाइन भोटिङ्ग गर्न सकिनेछ । भोटिगंका लागि थप जानकारीहरु कार्यक्रमको दौरान दिइनेछ, तयार हुनुहुन्छ नि हैन ?
यस साताका प्रस्तुतिहरु
टिम प्रमोद : आशिष गुबाजु, सुरज तामाङ्ग, सिर्जय थपालियाटिम सनुप : शैलु आरएल सिंह, सानिध्य थापा, सन्तोष राना,