स्मिथ र वार्नरको प्रतिबन्ध कायमै: खेलाडी संघको अपिल बोर्डद्वारा अस्विकार

<span class='c1'>स्मिथ र वार्नरको प्रतिबन्ध कायमै:</span> <span class='c2'>खेलाडी संघको अपिल बोर्डद्वारा अस्विकार</span>

अस्ट्रेलियन क्रिकेट बोर्डले अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरन बेनक्राफ्टलाई लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ।

अस्ट्रेलियन क्रिकेट खेलाडी संघले तीन खेलाडीको प्रतिबन्ध फुकुवा गर्न गरेको अपिललाई क्रिकेट बोर्ड बैठकले अस्विकार गरेको हो। बैठकपछि अस्ट्रेलियन क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा तिनै खेलाडीले गत चैत्रमा बोर्डले प्रतिबन्ध स्वीकार गरेकाले अहिले सो प्रतिबन्धमा बोर्डले कुनै किसिमको पुनर्विचार नगर्ने स्पष्ट गरेको छ।

साथै बोर्डले तिनै खेलाडीले कडा मेहनत गरेर आफ्नो क्रिकेट प्रतिको लगाव देखाएको भन्दै उनीहरुको प्रतिबन्ध फुकुवा पछिको अस्ट्रेलियन क्रिकेटमा पुनरागमन प्रति क्रिकेट बोर्ड खुला रहेको बताइएको छ।

गत चैत्रमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेटमा बल बिगारेको आरोपमा तत्कालिन कप्तान स्मिथ र उपकप्तान वार्नरलाई १२ महिनाको र क्यामरन बेनक्राफ्टलाई भने ९ महिनाको प्रतिबन्ध लगाइएको थियो । साथै स्मिथ र वार्नरलाई अस्ट्रेलियाको कप्तानी गर्नबाट दुई बर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।

राष्ट्रिय टिममा प्रतिबाँध लगाए पनि उनीहरुले अन्तर्राष्ट्रिय लिगहरु भने खेलिरहेका छन्। अस्ट्रेलियन खेलाडीको अनुरोध पछि तिनै खेलाडीको प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्