बिराटनगर मङ्सिर ८ , विराटनगरमा रहेको ए–वान ईन्टरटेनमेन्टको आयोजनामा हुन लागेको सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ को पहिलो अडिसन आज हुदै छ ।
बिराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्जमा आज बिहान १० बजे देखि ४ बजे सम्म अडिसन हुने छ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ताको ईन्डोनेसियामा टुर जान पाउने छन् । यस अघि स्कुटर र नगद पुरस्कार दिँदै आएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख सहित ५ लाखको ईन्सोरेन्स र वालीको टुर साथमा एयर होस्टेजको फ्रि टे«निङ पनि प्राप्त गर्ने भएका छन् ।
प्रतियोगिताको फाइनल पुस १४ गते विराटनगरमा हुनेछ । प्रतियोगिताको कोरियाग्राफर सृृजना रेग्मीले गर्नेछन् भने प्रतियोगिताको सम्पूर्ण डिजाइन पूर्व मिस नेपाल माल्बिका सुब्बाले गर्ने जानकारी दिईएको छ ।
छनौट भएका किशोरीहरुलाई बन्द प्रशिक्षणमा राखेर व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धि तालिम प्रदान गरिने छ । ए–वान इन्टरटेनमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौन्दर्य प्रतियोगिता गराउँदै आएको छ । सुन्दरी प्रतियोगिताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।