विराटनगर ११ पुस ।
विराटनगर ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रा.लिले तेस्रो बार्षिक उत्सवको अवसर पारेर विविद्य कार्यक्रम गरी मनाएको छ ।
बार्षिक उत्सब कै अवसरमा तीन दिने निःशुल्क शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा विराटनगर मात्र नभएर भारतबाट समेत विरामीहरुले स्वास्थ्य लाभ लिएको हस्पिटलका संचालक रुपेश अधिकारीले जानकारी दिनुभयो । विरामीहरूले निःशुल्क औषधी समेत लिएको हस्पिटलले जनाएको छ ।
शिविरमा वरिष्ठ डाक्टर सुनील पौडेलले शिविरमा ढाड, कम्मर, गर्धन दुख्ने, नसा च्यापिएको, हड्डी खिइएका बिरामीहरू बढी आएको जानकारी दिए । त्यस्तै सुगर, युरिक एसिड जाँचमा निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।
यसैविच बार्षिक उत्सव कै अवसरमा रक्तदान कार्यक्रममा समेत गरेको हस्पिटलले जनाएको छ । रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका थिए ।