मारवाडी समुदायको खुलेरै राष्ट्रपति विद्या भण्डारीले प्रशंसा गरिन्

<span class='c1'>मारवाडी समुदायको खुलेरै राष्ट्रपति</span> <span class='c2'>विद्या भण्डारीले प्रशंसा गरिन्</span>

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रसंशा गरेकी छन् ।  राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारवाडी समूदायले महत्वपूर्ण योगदान दिएको पनि बताइन् ।

मारवाडी महिला मञ्च, काठमाडौंद्वारा आइतबार काठमाडौंमा आयोजित रजत जयन्ती महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै साधन, स्रोत जुटाएर मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाट प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रियताका साथ योगदान दिन पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरेकी छन्  ।

राष्ट्रपति भण्डारीले तीर्थयात्रीहरुका लागि निःशुल्क भोजन, पानी, औषधिउपचार गराएर मारवाडी समुदायले पुण्य कमाएको पनि उल्लेख गरिन् । उनले गरिव तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था तथा धर्मशाला स्थापना गरेर तीर्थयात्रीहरुलाई सहज आवासको व्यवस्था गरेर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्