युथ फर ब्लडले आयोजना गरिरहेको कलेज सचेतना अभियान अन्तर्गत आज विराटनगको न्युरो हेल्थ कलेजमा सचेतना कार्यक्रम गरेको छ । रगत र रक्तदानको बारेमा युवा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा १ सय ६८ विद्यार्थ सहभागी भएका थिए भने उनीहरुलाई १० जना स्वयम्सेवकले सहजिकरण गरेका थिए । मोरङ जिल्ला भरिका उमाविहरुमा आयोजना गरिने सचेतना अभीयान अन्तर्गत यो कार्यक्रम गरिएको अभीयानका संयोजक मदन कृष्ण प्रधानले जानकारी दिनुभयो । उहाँले यसै अभियानका लागि भोली ग्रिनल्याण्ड कलेज र जेनिथ कलेजमा कार्यक्रम गरिने बताउनु भयो ।