झापाका दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति

<span class='c1'>झापाका दुई स्थानमा आगलागी, साढे</span> <span class='c2'>११ लाख बराबरको क्षति</span>

विराटनगर, १३ माघ । झापाको दुई स्थानमा  भएको आगलागीबाट  ११ लाख  बढीकाे  क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ वटा कुखुरा जलेर नष्ट भएको हो । उक्त आगलागी इलाका प्रहरी कर्यालय सुरुङगा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनएकाे छ ।

त्यसैगरी झापाकै गौरादह नगरपालिका-बैगुनधारा-९ बस्ने टेक बहादुर खनालको ग्वाली घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ९ लाख मूल्य बराबरको क्षति भएको छ । आज   बिहान   भएको  आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको १ तले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, २ मन तोरी, ४ वटा चौपाया, फर्निचरको सामान र भाडाबर्तन जलेर नष्ट भएको हाे । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्