प्रदेश नम्बर एकमा आउँदो सिजन देखि मिल्क होलिडे नहुने

<span class='c1'>प्रदेश नम्बर एकमा आउँदो सिजन</span> <span class='c2'>देखि मिल्क होलिडे नहुने</span>

तारा आचार्य

विराटनगर, २२ माघ । एक नम्बर प्रदेशमा आउँदो सिजन देखि मिल्क होलिडे नहुने भएको छ । विराटनगर स्थित विराटनगर दूग्ध वितरण आयोजनामा रहेको नेपालकै एक मात्र पाउडर प्लाण्टको क्षमता विस्तार गरी दोब्बर बनाइएपछि मिल्क होलीडे नहुने भएको हो ।

 

नेपाल सरकारको ६ करोड र दूग्ध विकास संस्थानको ४ करोड गरी १० करोडको लागतमा पाउडर प्लाण्टको क्षमता ३ मेट्रिक टनबाट बढाएर ६ मेट्रिक टन पु¥याइएको भएपनि पास्चराईजर, क्रिम सेपरेटर, क्लारिफाईर लगायतको मेशिनहरु जडान हुन नसक्दा पाउडर प्लाण्टका क्षमता बढ्न सकेको थिएन । प्रदेश सरकारले विराटनगर दूग्ध वितरण आयोजनालाई सो मेशिनहरु खरिदका लागि ५ करोड रुपैयाँ अनुदान उपलब्ध गराएकाले आउदो सिजन देखि दूध खरिद बढाइने आयोजनाका निमित्त प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पाउडर प्लाण्टको क्षमता विस्तारमा चाहिने मेशिनहरुका लागि करिब ८ करोड रुपैयाँ चाहिनेमा ३ करोड दूग्ध विकास संस्थानले उपलब्ध गराउने सो आयोजनाले जनाएको छ । अहिले सो आयोजनाले पूर्वका विभिन्न जिल्लाबाट दैनिक संकलन गरेको ४० हजार लिटर दूध मध्ये ३० हजार लिटर दूधबाट ३ मेट्रिक टन पाउडर दूध उत्पादन गर्दै आएको छ । पाउडर प्लाण्टको क्षमता विस्तार पछि आयोजनालाई दैनिक ६० हजार लिटर दूध आवश्यक पर्दछ । दूधको आपूर्तिका लागि निजी डेरीहरुसंग समेत दूध संकलन गर्ने योजना रहेको विराटनगर दूग्ध वितरण आयोजनाले जनाएको छ ।

विराटनगर दूग्ध वितरण आयोजनाले पूर्वको पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सप्तरीबाट दूध संकलन गर्ने गरेकोमा बिजुली र यातायात सुविधा पुगेको ताप्लेजुङ, उदयपुर, संखुवासभा र भोजपुर जिल्लाबाट समेत दूध संकलन गर्ने जनाएको छ । सो आयोजनाले पाउडर प्लाण्टको क्षमता विस्तारसंगै डेरी ह्वाइटनरको उत्पादन पनि शुरु गरिसकेको छ ।न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्