विराटनगरमा सम्पन्न बल ब्याडमिन्टनकाे उपाधि भारतलाई

विराटनगरमा सम्पन्न बल ब्याडमिन्टनकाे उपाधि भारतलाई

बिराटनगर, २५ माघ ।

बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएकोछ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै बिजेताको शिल्ड प्राप्त गरेको हो ।

प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी जम्मा १५० जना खेलाडीहरु सहभागि रहेका थिए । प्रतियोगिताको फाइभस इभेन्टको तेश्रो खेलमा छात्र तर्फ भारतले ३५-१८, ३५-१८ स्कोरले नेपाललाई पराजीत गरेको थियो भने छात्रा तर्फ ३५-१३,३५-२० भारतले पराजित गरेको थियो । छात्र तर्फ भारतका कप्तान राहुल कुमार, प्रभात राना, बैभव दिक्षित, फैसल खान र कुन्दन दिवानले र नेपालका राजिव राय, पप्पु यादब र अनिल यादबले सबैभन्दा बढी स्कोर गरेका थिए । छात्रा तर्फ भारतका सोनाली घोष, तुलसी कुमारी, कंचन सिंह, श्रुती जिवाने र तनु श्री तथा नेपालका सुप्रिया चौधरी, अस्मिता श्रेष्ठ, ज्योति यादवले सबै भन्दा बढी स्कोर गरेका थिए ।

डबल इभेन्टको छात्र तर्फ भारतले ३५-३१, ३५-१७ स्कोर ले पराजीत गरेको थियो भने छात्रा तर्फ भारतले ३५-१७, ३५-१८ स्कोरले पराजीत गरेको थियो । प्रतियोगितामा भारतबाट छात्र तर्फ फैसल खान र गुल्सन कुमारले खेलेका थिए भने नेपालकाे तर्फवाट छात्रमा  राजिव राय र मोहमद इजरायलले खेलेका थिए । छात्रा तर्फ भारतका मेघा दुकारे र खुस्बु सोनकरले खेलेका थिए भने नेपालका ज्योति यादव र संजिता दासले खेलेका थिए । मिक्स डवल इभेन्टमा भारतका सुभम् पाण्डे र श्रुती जिवानेको जोडी र नेपालका राजिव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५-२२, ३५-१८ स्कोर गरी नेपाललाई पराजीत गरेको थियो ।

प्रदेश नं.१ का सभासद् जयराम यादबको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन कार्यक्रममा  यादबले दुई देशीय सम्बन्धलाई  यस्ता   प्रतियोगिताले अझ मजबुत बनाएको प्रष्ट पारेख। कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेश कुमार दास, अभिभावक संघ नेपाल प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरंगका अध्यक्ष अर्जुन बस्नेतले मन्तव्य राखेका थिए ।   कार्यक्रमका अध्यक्ष संजयकुमार यादवले  यस्ता खालका खेलहरुलाई अझ प्राथमिकताका साथ संचालन र बिस्तार गर्न फेडेरेशन सदैव अग्रसर रहने बताए ।  प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन गरिएको आयोजक अमिष रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्