गत २४ गते राती होटल ग्यालेक्सीमा भएको तोडफोड केटीको कारणले नभई व्यक्तिगत रिसिविका कारण भएको होटल प्याराडाईसका सञ्चालक माधव भट्टराईकी श्रीमती विध्या भट्टराईकी बताएकी छन् । उनले आज पत्रकार सम्मेलनगरी यस्तो बताएकी हुन् । उनले घटना पश्चात आप्mनो परिवार अशुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् । घटना देखी श्रीमान माधव वेपत्ता भएको भन्दै खोजीका निम्ती प्रहरीस“ग आग्रह गरिन । अपरित युवाहरुले घरमा आएर पटक पटक श्रीमानको खोजी गर्दै आएको भन्दै उनले शान्ति सुरक्षाको निम्ती पहल गरिदिन आग्रह गरिन् ।