भ्यालेल्टाइन डेमा डेटिङका लागि आफैंलाई १ हजारमा बेच्ने कस्तो चलन

<span class='c1'>भ्यालेल्टाइन डेमा डेटिङका लागि आफैंलाई</span> <span class='c2'>१ हजारमा बेच्ने कस्तो चलन</span>

भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ ।
न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले विशेष प्याकेजको पनि व्यवस्था गरेका छन् । उनले फेसबुक पेज ताउपो नोटिसबोर्डमा डेट प्याकेजबारे विज्ञापन दिएका छन् । त्यहाँ उनले आठवटा डेट प्याकेजको विकल्प दिएका छन् । साथै, खर्च गर्नसक्नेका लागि थप दुई प्याकेज उपलब्ध छन् ।
उनले लेखेका छन, ‘भ्यालेन्टाइन्स डे केही दिन टाढा छ, त्यसकारण अब बुकिङको बेला आएको छ ।’

‘मलाई भ्यालेन्टाइन्स डेको लागि भाडामा लिनुहोस् (मसँग विभिन्न अफर छन् । मूल्य कुराकानीमार्फत मिलाउन सकिने) ।’ मूल्य ७.८१ पाउन्ड अर्थात् लगभग हजार रुपैयाँबाट सुरु हुन्छ । यति पैसामा तपाईं ती व्यक्तिसँग साथीको रुपमा बिहान एक घण्टा सँगै डुल्न सक्नुहुन्छ ।
मूल्य दोब्बर तिर्दा तपाईं बिहानको समयमा दुई घण्टा ती व्यक्तिसँग डुल्न पाउनु हुन्छ । यसमा तपाईंले चकलेट पाउनुहुनेछ र ती व्यक्तिले तपाईंको हात पनि समाउनेछन् ।

साथै तपाईंले यदि बढि मूल्य तिर्नुहुन्छ भने थप सुविधा पाउनुहुन्छ जस्तैः स्पा पार्कमा स्विमिङ, एक टुक्रा पाई र ड्रिंक, म्याकडोनल्डको खाना र तपाईंहरु दुईजनाको फोटो । पिटरले तपाईंको परिवारसँग बसेर डिनर पनि खानसक्छन् तर यसका लागि तपाईंले बढी पैसा तिनुपर्छ । पैसा बढि तिरे उनी तपाईंका साना भाइबहिनीसँग पनि खेलिदिन्छन् । उनी दुई हप्तासम्म तपाईंको प्रेमीको रुपमा रहन सक्छन्,ा त्यो पनि फेसबुकमा । यदि तपाईंलाई उनीबाट केही बढी नै अपेक्षा छ भने उनीसँग १५ घण्टाको ओभरनाइट कम्बो प्याकेज एक सय पचार डलरमा खरिद गर्न सक्नुहुन्छ । यद्यपी, उनले महिलाको उमेरको आधारमा कसैलाई रिजेक्ट पनि गर्नसक्ने बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्