मोदीको चुनावी फण्डा : मोदीले पाँच सफाइकर्मीको खुट्टा धोए

<span class='c1'>मोदीको चुनावी फण्डा : मोदीले</span> <span class='c2'>पाँच सफाइकर्मीको खुट्टा धोए</span>

नयाँ दिल्ली, फागुन १३ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् ।

आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा धोएका हुन् । पाँचैजनालाई कुर्सीमा राखेर आफू होचो आसनमा बसेर उनले उनीहरुको खुट्टा पालैपालो धोएका हुन् । कुम्भ मेलामा उनीहरुले निर्वाह गरेको विशेष योगदानलाई मध्यनजर गर्दै मोदीले उनीहरुको खुट्टा धोएका हुन् ।

 

भारतका प्रधानमन्त्रीले यसरी सर्वसाधारणको खुट्टा धोएको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमको दावी छ ।

सफाइकर्मीहरुको खुट्टा धुनु आफ्नो जीवनको अविस्मरणीय पल रहेको मोदीले बताए । ‘उहाँहरुको आशिर्वाद, स्नेह, तपाईहरु सबैको आशिर्वाद, तपाईहरु सबैको स्नेह ममाथि यसैगरी रहिरहोस्,’ मोदीले भने ।

कतिपयले मोदीको यो कदमलाई ‘मतदाता खुशी पार्ने एउटा कला’ पनि ठानेका छन् । आसन्न चुनावलाई मध्यनजर गर्दै मोदी नेतृत्वको सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारेको छ । विपक्षी दलहरु एकजुट हुँदै गएको अवस्थामा उनका लागि आगामी चुनावमा आफ्नो वर्चश्व कायम राख्न ठूलो चुनौती देखिएको छ । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्