भारतीय सेनाको विमानले पास्कितानी क्षेत्रमा बिस्फोटक पदार्थ खसाल्यो

<span class='c1'>भारतीय सेनाको विमानले पास्कितानी</span> <span class='c2'>क्षेत्रमा बिस्फोटक पदार्थ खसाल्यो</span>

भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवीय क्षति भने नभएको पाकिस्तानी सेनाले जानकारी दिएको समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, ‘भारतीय सेनाको विमान मुजफराबाद क्षेत्रबाट प्रवेश गर्‍यो ।’

पाकिस्तान प्रशासित कश्मीरमा प्रवेश गरेको भारतीय सेनाको विमानको प्रतिकारमा पाकिस्तानी हवाई सेना तम्तयार रहेको देखेपछि पेलोड खसालेर भारतीय विमान फर्किएको मेजर जनरल गफूरले उल्लेख गरेका छन् ।

भारतीय सेनाको विमानले खसालेको पेलोड बालाकोट क्षेत्रमा खसेको उनले बताए । यसबाट कुनै क्षति भने नभएको पाकिस्तानी सेनाका प्रवक्ताले उल्लेख गरेका छन् ।

भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर नियम उल्लंघन गरेको पाकिस्तानी सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्