पुर्वाधार नै छैन नगरपालिकामा

<span class='c1'>पुर्वाधार नै</span> <span class='c2'>छैन नगरपालिकामा</span>

सरकारले सदरमुकाम आसपासका चार गाविसलाई समेटेर भोजपुर नगरपालिका घोषणा गरे पनि पूर्वाधार नहुँदा सञ्चालनमा कठिनाइ भएको छ। नगरपालिकाका सबै क्षेत्रमा सडक, यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायत न्यूनतम पूर्वाधार अभाव छ।

भोजपुर, टक्सार, बोखिम र भैंसीपंखा गाविसलाई समेटेर नगरपालिका घोषणा गरिएको हो। नवघोषित नगरक्षेत्रका बासिन्दाले भौतिक पूर्वाधार विकास हुने आशा गरेका छन्। तर, नवघोषित नगरपालिकाको आफ्नै कार्यालय भवनसमेत छैन।

सदरमुकामस्थित भोजपुर गाविस भवन सशस्त्र द्वन्द्वकालमा आगलागी भएपछि पुनर्निर्माण भएको थिएन। गाविस भवनस्थलको जग्गामा भने भोजपुर विमानस्थल सडक खनिएको छ। भोजपुर गाविसले लामो समय भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएकामा गत वर्षदेखि महिला भवनबाट सञ्चालित छ।

नगर क्षेत्रको केन्द्रमा परेकाले नगरपालिका कार्यालय सदरमुकाममै राख्ने सहमति भए पनि उपयुक्त भवन छैन। नगरपालिका कार्यालय राख्न डाँडागाउँस्थित कृषि सामग्री संस्थानको रिक्त भवनमा राख्ने प्रस्ताव गरिएको छ। टक्सार, भैंसीपंखा र बोखिम गाविस भवनमा वडा कार्यालय कायम गरिएको छ। अन्य वडा कार्यालयका लागि छुट्टै भवन खोजी भइरहेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रेम शाक्यले बताए।

भैंसीपंखा, बोखिम र टक्सार क्षेत्रमा घरघरमा खानेपानी र बिजुली पुगेको छैन। जिल्लाभर चार हजार पाँच सय परिवार विद्युत् उपभोक्ता रहेकामा नगर क्षेत्रमा २ हजार १० जना रहेको विद्युत् प्राधिकरणका प्रशासकीय अधिकृत ग्रीष्म

भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्