कोलम्बियामा विमान दुर्घटना, मेयर र उनका परिवारसहित १४ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, मेयर र उनका परिवारसहित १४ जनाको मृत्यु

एजेन्सी , कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे
(Villavicencio) नजिकै स्थानीय समय अनुसार शनिबार बिहान ‘a Douglas DC-3’ विमान दुर्घटनामा परेकाे हाे ।

काेलम्बियाकाे नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको डेली मेलले उद्धृत गरेकाे छ । ज्यान गुमाउनेमा स्थानीय टारैरा (Taraira) शहर मेयर, डाेरिस भिल्लेगास (Doris Villegas) तथा उनका पति र छाेरीसहित अन्य रहेका छन् ।

लासेर एइरेओ एयरलाइन्सको साे विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाेका लागि उडेको थियो । जहाजकाे इन्जिन फेल भएका कारण दुर्घटना भएकाे हुन सक्ने जनाइएकाे छ । यद्यपि थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्