विप्लवलाई वार्तामा आउन देउवाले गरे आग्रह

<span class='c1'>विप्लवलाई वार्तामा आउन</span> <span class='c2'>देउवाले गरे आग्रह</span>

प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गर्नुभएको छ । विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउँदै देउवाले हत्याहिंसा छोडेर वार्तामा आउन विप्लवलाई पनि सुझाव दिनुभएको हो ।

कार्यक्रममा बोल्दै देउवाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने विषयमा संविधानमा जुन व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्ने बताउनुभएको छ ।

कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दु राष्ट्रका पक्षमा बोल्न नहुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्