ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, दुई जना घाइते

<span class='c1'>ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे</span> <span class='c2'>मृत्यु,  दुई जना घाइते</span>

भोजपुर,९ चैत । भाेजपुरकाे आमचोक गाउँपालिकाको दुम्मानामा ट्रयाक्टर दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । भाेजपुर प्रहरीकाे अनुसार रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि आमचोक गाउँपालिका–४ बालंखाका २५ वर्षीय चालक भविन्द्र राईको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा महोत्तरी जिल्ला घर भएका सहचालक ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका –१, बस्ने शंखर कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कार्कीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्