विराटनगर चैत्र १३ ,
दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिरहने र सोहि बहानामा उनीहरुमाथि गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए।
लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक करणी गर्ने गरेको स्वीकारेको डिएसपी खरेलले जानकारी दिए। पीडितलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ। लिम्बूले चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक करणी गरेको बताइएको छ। बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो।
त्यस्तै सोहि व्यक्तिले अन्य एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ। चैत्र १ गते लिम्बूले आफूसँग खेल्न आउने बालिकामध्ये ७ वर्षीय बालिकाको पनि संवेदनशील अंग छुने गरेको प्रहरीमा उजुरी परेको छ। चैत्र १० गते पक्राउ परेका लिम्बूलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(अन्नपूर्ण)