संखुवासभाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

<span class='c1'>संखुवासभाकाे भोटखोला गाउँपालिका</span> <span class='c2'>कार्यालयमा आगजनी</span>

संखुवासभा, १६ चैत । संखुवासभा जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी भएको छ। आगजनीबाट  डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।

वडा नम्बर ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरातमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  आगलागीबाट गाउँपालिकाको सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिन्डर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। कार्यालयमा आगो कसरी लाग्यो भन्ने जानकारी नभएको प्रहरीको भनाइ छ। मौसम खराबीका कारण थप जानकारी नआएको बुझिएको छ।

घटना स्थल सदरमुकाम खाँदबारीदेखि ३० कोष टाढा पर्छ। केही महिना अघि भोटखोलाको वडा ३ को कार्यालयमा अज्ञात समूहले आगो लगाएको थियो। अज्ञात समूहले भोटखोलाको कार्यालय सदरमुकाम खाँदबारीबाट संचालन गरिएका आगजनी गरिएको पर्चा भेटिएको थियो।

भोटखोलाको गाउँपालिकाको कार्यालय अहिले पनि सदरमुकाम खाँदबारी मै राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्