ईलाम, १८ चैत। ईलामको सूर्योदय नगरपालिका-९ बरबोटेमा एक ब्यक्तिले मासु काट्ने बामफोक (खुकुरी प्रजातीकाे धारिलाे हतियार) ले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।
अत्याधिक मादक पदार्थ सेवन गरेका बर्ष ३९ का बिजय राईले राती मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ । घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल झापा ल्याईएकाेमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।