ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
कुटपिटबाट घाइते भएका बाबु दलबहादुरको उपचारको लागि झापा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका डिएसपी सञ्जयसिङ थापाले बताए । प्रहरी कार्यालयका अनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद हुँदा गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए ।