विराटनगर, १९ चैत । सहकारी सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि मोरङको ग्रामथान–२ मा दुईदिने तालिमको आयोजना गरिएको छ ।
सौजन्य बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड(साकोस) को आयोजनामा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नाराका साथ क्षमता र विकास तालिम तालिम सम्पन्न भएको हो ।
ग्रामथान–२ पिडारबनीस्थित जुनेली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा हलमा सम्पन्न तालिममा प्रशिक्षक हरिबहादुर खत्रीले प्रशिक्षण दिएका थिए ।
सौजन्य सहकारीका शिक्षा समिति संयोजक दशनलाल माझी, सौजन्यका अध्यक्ष हरिनारायण चौधरी, लेखा संयोजक संजयकुमार मण्डल, ग्रामथान सहकारी सञ्जालका संयोजक विजय सरदार, संस्थाका बरिष्ठ सहायक विजय सरदारलगायतले सहकारीको महत्वका विषयमा चर्चा गरेका थिए ।