संखुवासभा, १९ चैत। संखुवासभाको सभापोखरी गाउँपालिका-६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान सोही स्थान बस्ने बिकास तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट बैंकमा भएको कम्प्युटर-२ थान, प्रिण्टर-३ थान, काउन्टिङ मेशिन-१ थान, कुर्सी-४ थान, फायर कन्ट्रोल मेशिन-१ थान, फर्निचर लगायत ढोकाको सिसा फुट्नुका साथै सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागी प्रहरी चौकी बाह्रविसेबाट गएकाे प्रहरी टोलीले स्थानीयकाे सहयाेगमा पूर्ण रुपमा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ।