मौसम जानकारी : पुर्वमा आज मौसम आंशिक बदली हुने , वर्षाको पनि सम्भावना

<span class='c1'>मौसम जानकारी : पुर्वमा आज मौसम आंशिक</span> <span class='c2'>बदली हुने , वर्षाको पनि सम्भावना</span>

काठमाडौं चैत्र २० । आज देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक  तथा  सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली हुने जनाइएको छ । देशको पुर्वी र मध्य भूभागका केही स्थान तथा पश्चिमी  भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति देशको पूर्वी र  र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक  देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

विहीबार पनि मौसम पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा बदली हुने र केही स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । शुक्रबार सम्म मौसमा बदली रहने महाशाखाको तीन दिनका लागि प्रकाशित बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्