ईलामको चियाको प्रशंसा : विदेशी देखि स्वदेशी सम्म मोहित

<span class='c1'>ईलामको चियाको प्रशंसा  :</span> <span class='c2'>विदेशी देखि स्वदेशी सम्म मोहित</span>

इलाम, चैत २१ गते । नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन् ।

इलाम सदरमुकाममा भएको एक कार्यक्रममा स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले नेपाली चियाको भविष्य रहेको बताउनुभयो । उहाँले नेपालको वातावरणसमेत राम्रो रहेको भन्दै यहाँ चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने औँल्याउनुभयो । उहाँले नेपाली चियालाई प्राङ्गरिक रूपमा नै विकास गर्नसक्दा विश्वमा हारालुछ शैलीमा बिक्री हुनसक्ने बताउनुभयो । तीन वर्षदेखि ल्याकुन्टेसले नेपालको चिया फ्रान्समा बिक्री गर्दै आउनुभएको छ । केन्द्रीय चिया सहकारी सङ्घसँगको समन्वयमा उहाँले नेपाली चियाको प्रचार गर्ने र बिक्री गर्नुभएको हो ।

यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताउनुभयो । “अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस्”, ओलिवनले भन्नुभयो, “आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस् ।” उहाँले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताउनुभयो । चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लाग्नुभएकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गर्नुभएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेले आफू चिया उद्यमी नै रहे पनि विदेशी नागरिकले समेत नेपाली चियाको प्रशंसा गरेकामा हर्षित भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्नसमेत प्रदेश लागेको बताउनुभयो । “हामीले प्रदेशस्तरीय चिया बोर्डसमेत बनाउन खोजेका थियाँै, तर बोर्डचाहिँ केन्द्र सरकारकै मातहतमा हुनुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “तर, हामी चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।” (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्