असोज २ विराटनगर ÷दशै संघारमा आइपुग्दा समेत विराटनगर बजार सुनसान छन् । व्यापारीहरु त्यत्तिकै पसल रुगेर बसेका छन् । नेपालका ग्राहकहरु भारतीय बजार जोगबनीमा सामान किन्न जाने गरेकाले व्यापारमा मन्दी आएकाले व्यापारीहरु चिन्तित हुन पुगेका छन् ।
नेपालीहरुको चाड दशै नेपालीहरुको घरदैलोमा आइपुग्दासमेत ब्यापार नबढे पछि विराटनगरका ब्यपारीले चिन्ता ब्यक्त गरेका छन् । गत बर्ष यो बेला विराटनगरको व्यापार राम्रो रहेकोमा यस बर्ष पोहोरको जस्तो व्यापार नभएको गुनासो उनीहरुको छ ।
विराटनगरको व्यापारमा मन्दी आउनाको कारण जोगबनीमा एक हजारसम्मको सामान ल्याउदा राजस्व नलाग्ने र एक हजार भनेका ठाउ“मा दश हजारसम्मको सामान ल्याउन छुटदिने भएकाले बजारमा मन्दी छाएको व्यापारीले बताएका छन् ।
अर्कातिर एक चिनि, जिरा,धनीया लगायतका खाद्यान्नमा सिमा पारीको बजार र विराटनगरमा प्रतिकेजीमा १० रुपैयादेखि ५० रुपैयासम्म फरक पर्ने गएकाले उत्ता भीड र यता व्यापार सुकेको विराट व्यापार संघका अध्यक्ष रामजिवन अग्रवाल बताउनु हुन्छ ।
दशैमा अत्यधीक बिक्रि हुने गरेको लुगाकपडा, मसलन्दका सामान र अन्य खाधान्नका सामाग्रीका पसल सुनसान छन् । व्यापारीहरु व्यापार नभएकाले पिरोलिएका छन् । कमाउने बेला यही हो भन्दै दशै र तिहार कुरेका ब्यापारी ब्यापारमा मन्दी छाएपछि निरास बनेका हुन् । दशैको बेला पनि विराटनगरको ब्यपारमा मन्दी आएकाले भन्सार क्षेत्रमा कडाइ गर्ने र नेपालमै सुपथ मुल्यमा माल सामान पाउने हो भने नेपालीलाई सीमा पारीका बजारमा किन मेल गर्नुको सट्टा स्वदेशमै सामान खरिद गर्न बानी पार्न सकिने थियो भने अर्कोतर्फ स्वदेशी पुजिलाई पनि बाहिर जानबाट रोक्न सकिन्थ्यो ।