अरुण नदीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता

<span class='c1'>अरुण नदीमा ट्याक्टर दुर्घटना,</span> <span class='c2'> चालक बेपत्ता</span>

संखुवासभा, २२ चैत । जिल्लाको मकालु गाउँपालिका–३ मिर्गेगौडामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालक बेपत्ता भएका छन् ।

शुक्रबार विहान ९ बजे स १ त ६५९२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ धनकुटा चौविसे गाउँपालिका–३ चालक २० वर्षीय सुरेन मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

मगरले अर्को गाडीलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरीले जानएको छ । ट्याक्टर २ सय मिटर तल अरुण नदीमा खसेको बताइएको छ । घटना स्थलमा पुग्ने बाटो नभएकाले थप जानकारी लिन नसकिएको प्रहरीले जनाएको छ ।

सडक भन्दा तल भिर रहेकोले घटना स्थल पुग्न घुमेर पुग्ने २/३ घण्टा लाग्ने प्रहरीले जनाएको छ । घटना सदरमुकाम खाँदबारीबाट गाडी ५ घण्टा लाग्छ । बेपत्ता चालकको स्थानियबासी र प्रहरीले खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्